धनगढी । बैतडीको सतबाँझ क्षेत्रबाट देखिएको सुदूरपश्चिम प्रदेशको सर्वोच्च शिखर अपी ७,१३२ मिटर लगायतका हिमशृङ्खला देखिन्छन् ।
तस्बिरमा दार्चुलाको अपी–नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने अपी सहित नाम्पा, व्यास ऋषि, बबई र जेठी बहुरानी हिमालका मनोरम चुचुराहरू लहरै देखिन्छन् । यी हिमशृङ्खलाले भारत र चीनको सीमाना छुट्याएका छन् ।


