धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ कुसुमघाटबाट १ ग्राम ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, नामक २८ वटा क्याप्सुल र ल्ज्ञण् नामक २८ वटा ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन्।
शुक्रबार लु।प्र।०१(०१५ प ४७८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का २२ वर्षीय रोशन सार्की रहेका छन्। अर्का व्यक्तिको परिचय खुलाइएको छैन।
यसैगरी, धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर रहेका छन्।
उनलाई अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


