धनगढी । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् ।
नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी थिइन् । केही भोलेन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए ।
त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताए । युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्यानमा राखेर लगिएको थियो । ती युवकले आफू जेन्जी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन् ।

