धनगढी । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन ९एमएल० अनुसार ४।२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ९एनईएमआरसी०, खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।

