धनगढी । वर्तमान परिवेशमा युवा,विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका सवालमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लोकतान्त्रिक सहभागिताका लागि नागरिक संलग्नता प्रवर्द्धन परियोजनाअन्तर्गत सञ्चार प्रतिष्ठान नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० को सहकार्यमा आज धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, पूर्वाधार विकास, रोजगारी, सेवा प्रवाह, सुशासन तथा स्थानीय तहको जवाफदेहितासँग सम्बन्धित विभिन्न समस्या र समाधानका उपायबारे धारणा राखेका थिए।
उनीहरूले समुदायले दैनिक रूपमा भोगिरहेका चुनौती समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
अन्तरक्रियाका क्रममा प्रदेशसभा सदस्यहरू धर्मराज पाठक,लक्ष्मी विक गीता चौधरीले नागरिकबाट उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे।
उनीहरूले समुदायका गुनासा र सुझावलाई नीति तथा योजना निर्माण प्रक्रियामा समावेश गर्ने विषयमा पनि जोड दिए।
लोकतन्त्र सुदृढीकरणका लागि नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै समुदाय र सरोकारवाला निकायबीच निरन्तर संवाद, सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको धारणा थियो ।
कार्यक्रमले स्थानीय तह र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नागरिकका आवाजलाई निर्णय प्रक्रियासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
नागरिकको सक्रिय सहभागिता, पारदर्शिता र जवाफदेहितामार्फत लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए ।
कार्यक्रममा ऎश्वर्या बहुमुखी क्याम्पसकी सहप्राध्यापक डा। तुलसी शर्मा,डा।ओम पाण्डेय र अधिकारकर्मी डिल्लीराज जोशीको सहभागिता रहेको थियो।
त्यस्तै,कार्यक्रममा सिमान्तकृत समुदायका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, विद्यार्थी, युवा तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।


