धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका देउवाले सदस्यता अद्यावधिक गराएका हुन् ।
पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् । उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका गएका थिए । अझै फर्केका छैनन् ।


