धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१९ खेदाघाटबाट प्रहरीले भन्सार छलिको डिजेलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्तालाई अन्दाजी २ लाख ५८ हजार ८ सय रुपैयाँ बराबरको डिजेल र एक थान मोटरसाइकलसहित बिहीबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको डिजेलसहित उनलाई फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो


