धनगढी । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर चैतन्य पाठशाला धनगढीले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई एक थान एयर कन्डिसन ९एसी० सहयोग गरेको छ ।
पाठशालाले आफनो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महासंघको सुदूरपश्चिम प्रदेश समितिलाई एसी हस्तान्तरण गरिएको जनाएको छ । पाठशालाका प्रमुख कार्यकारी अधिकृत सिईओ गणेश प्रसाद जोशीले महासंघको प्रिफाईवले बनेको भवनमा अध्यधिक गर्मीका बेला कामकाजमा असहज भएको देखेर एसी सहयोग गरेको बताए ।
विद्यालयका प्राचार्य प्रेमनीधि ओझाले मंगलबार एक कार्यक्रमका बीच महासंघका अध्यक्ष भरत बहादुर शाहलाई एसी हस्तान्तरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा प्रिफाईवको भवन रहेको छ ।
बढदो गर्मीका कारण कामकाजमा बाधा परिरहेका बेला चैतन्य पाठशालालाई धन्यवाद दिनु भएको छ । उहाँले चैतन्य पाठशालाले गरेको सहयोगले महासंघको संस्थागत कामकाज सहज हुने बताए ।


