काठमाण्डौँ: कार्की आयोगको प्रतिवेदन कार्यान्वयनस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले प्रक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’
उनले यो कदमले देशले नयाँ दिशा लिने बताएका छन् ।

