काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन् । शनिबार अमेरिका र इजरायली आक्रमणमा खामेनेई मारिएको उनको दाबी छ । साथै, ट्रम्पले यो आक्रमण हप्ताभरि भारी बमबारीसहित जारी रहने बताएका छन्। इरानले भने आफ्ना नेताहरू सुरक्षित र स्वस्थ रहेको दाबी गरेको छ।
ट्रम्पले यो सैन्य अभियान तेहरानको सरकारलाई उल्टाउने उद्देश्यले गरिएको संकेत गरेका छन्। दक्षिणी इरानमा एउटा प्राथमिक विद्यालयमा भएको एक आक्रमणमा दर्जनौं विद्यार्थीहरू मारिएका छन् । यता इरानले मध्यपूर्वभरि अमेरिकी सैन्य अड्डा, इजरायल र अन्य लक्ष्यहरूमा आक्रमण गरेको छ, जसले घना बस्ती भएका क्षेत्र तथा हवाई यात्रा र तेल ढुवानीमा अवरोध पुर्याएको छ। अमेरिकी सेनाले भने कुनै पनि अमेरिकी हताहत नभएको दाबी गरिरहेको छ ।


