धनगढी : बैतडी समाज कैलालीको आयोजनामा भएको १७ औं संस्करणको रक्तदान महोत्सवमा ६१ युनिट रगत संकलन भएको छ।
बैतडी समाज धनगढीको आयोजनामा सम्पन्न १७ औँ बृहत् रक्तदान कार्यक्रममा निर्वाचन प्रहरीसमेत सहभागी हुँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन ।
आयोजक बैतडी समाजका अनुसार १७औँ संस्करणसम्म आइपुग्दा कार्यक्रमबाट उल्लेख्य मात्रामा रगत संकलन हुँदै आएको छ। यसपटक पनि ६१ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक बिर बहादुर महराले बताए ।


