धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार खेमराज कोइरालाले बुधवार आफ्नो चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् । तीन भागमा विभाजित उनको बाचा पत्रको सुरुको भागमा मूल दर्शन, मध्य भागमा संघीय संसदमा हुने भूमिका र अन्तिम भागमा स्थानीय तहका प्राथमिक मुद्दाको लामै फेहरिस्त राखिएको छ ।
विशेष चुनावी बाचा–पत्रको मूल दर्शनमा सफा राजनीति, सक्षम नेतृत्व र पारदर्शी शासन, व्यक्तिको होइन, नीतिको राजनीति, जनताको आवाजलाई नीतिको आधार बनाउने जस्ता विषय समेटिएका छन् ियस्तै संघीय संसदको भूमिकामा शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान, उद्योग, पर्यटन, पूर्वाधार र सुशासन सम्बन्धी कानुन निर्माण÷संशोधन गर्ने, संघ–प्रदेश–स्थानीय तहबिच अधिकार, स्रोत र कार्यान्वयनको समन्वय गर्ने, क्षेत्रीय निर्वाचन क्षेत्रका प्राथमिक आवश्यकतालाई राष्ट्रिय नीति र बजेटमा समेट्ने पहल गर्ने, सरकारका नीति, कार्यक्रम र खर्चको प्रभावकारी संसदीय निगरानी गर्ने, नीतिगत सुधार र रणनीति तयार गर्ने विषय राखिएका छन् ।
बाचा पत्रमा कैलाली निर्वाचन क्षेत्र भित्र पर्ने स्थानीय तहका प्राथमिक मुद्दा ९गोदावरी, गौरीगंगा, चुरे र मोहन्याल वडा नं। ५० गर्ने काम विस्तृत रूपमा उल्लेख गरिएको छ ।
जसमा स्वास्थ्य अन्तरगत ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लाई पूर्ण रूपमा सञ्चालन गर्न सशक्त दबाब दिने, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीहरू तथा पालिका अस्पताललाई २४ घण्टा आकस्मिक सेवा र आधारभूत औषधिहरूको उपलब्धता सुनिश्चित गर्नका लागि पहल गर्ने, आधुनिक तथा डिजिटल स्वास्थ्य प्रणाली र स्याटलाइट क्लिनिक नेटवर्कको सुरुवात गरिने, स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय स्तर बाटै सम्बोधन गर्न विशेष पहल गरिने लगायतका कार्यक्रम समावेश छन् ।
यस्तै खानेपानी र सरसफाइ अन्तरगत खानेपानीको दीर्घकालीन संरक्षणका लागि चुरे संरक्षण योजनामा विशेष जोड दिने, खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न एकीकृत बोरिङ र वितरण प्रणाली लागू गर्न पहल गर्ने, एकीकृत फोहोर मैला व्यवस्थापन प्रणालीलाई सबै पालिकामा प्रभावकारी बनाउँदै “फोहोरलाई मोहोर“ मा बदल्ने प्रविधिको प्रयोग गर्न उल्लेख छ ।
सडक तथा भौतिक पूर्वाधार अन्तरगत क्षेत्र नम्बर ४ का मूल सडक र ग्रामीण सडक तथा विविध पूर्वाधारहरूको दीर्घकालीन क्षेत्रीय विकास योजना लागू गर्ने, स्मार्ट कनेक्टिभिटी सिटी र हरित नगर तथा ग्रामीण अवधारणा कार्यान्वयन गर्न ग्रामीण भेगका मुख्य सडकहरूलाई कालोपत्रे गरी बाह्रै महिना यातायात चल्ने बनाउन नीतिगत रूपमै समेट्ने, सिग्नल लेन÷बोर्ड जेब्रा क्रसिंग, ट्राफिक व्यवस्थापन, सी। सी। टिभी मोनिटरिंग जस्ता कामको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, सुदूरपश्चिमको प्रदेश राजधानीका निर्माणका विषयमा रहेका समस्या समाधानका लागि आवश्यक पहल गरी निर्माण प्रक्रिया अघि बढाउन प्रयत्न गर्ने उल्लेख छ ।
यस्तै चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा कृषि उत्पादनमा सहयोग गर्न सिचाइका पूर्वाधार तैयार गर्ने, डिपिआर तैयार भएर पनि काम सुरु नभएका ढिला सुस्तिका कारण अपुरो रहेका योजनाको यथाशीघ्र कार्य सम्पन्न गर्नका निम्ति बजेट सहित व्यवस्थापनका निम्ति उच्च पहल गर्ने, धनगढी, खुटिया, दिपायल फास्ट ट्र्याक, गौरिगंगाबाट बिर्खेत जोड्ने सडक चौमाला झिल हुँदै गर्भा दर्बार जोड्ने सडक, मालाखेती फलटुडे जोड्ने सडक स्तरोन्नतिको आदिका लागि सशक्त पहल गर्ने, कैलाली क्षेत्र नं। ४ भित्र आवश्यक पर्ने स्थलमा पक्की पुलको निर्माण, मछेली खोला बिर्खेत बाट डोटी जोड्ने पुल, खुरखुरिया, धनगढी उप–महानगरपालिका जोड्ने पुल, चौमाला पुल, अन्डयाको पुलमा भएको कार्यान्वयनको ढिला सुस्ती हट्ने छ, चुरे र गौरिगंगामा झुलुंगे पुलको लागि पहल गर्ने उल्लेख छ ।
यस्तै भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कैलाली–४ का हजारौँ भूमिहीन, सुकुम्वासी, कमैया र अव्यवस्थित बसोबासलाई कानुनसम्मत रूपमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा दिने, अत्तरिया बजारको बसपार्क क्षेत्र, लामि ताल, रेडक्रस, बुद्ध मन्दिर, उद्योग वाणिज्य संघ लगायत आसपासमा रहेका क्षेत्रको बसोबास स्थल आदिमा भएका समस्या समाधानको लागि यथाशीघ्र पहल गर्ने उल्लेख छ ।
रोजगारी र आर्थिक अवसरका लागि स्थानीय सीप र स्रोतमा आधारित रोजगार अभियान सुरु गर्ने, युवालाई कृषि, पशुपंक्षीपालन, पर्यटन र लघुउधोगमा लगानीका लागि प्रोत्साहन, वैदेशिक रोजगार निर्भरता घटाउँदै स्वदेशमै अवसर सृजना गर्न कानुनी व्यवस्था गर्ने, कैलाली–४ भित्रका गोदावरी धाम लगायत २५ भन्दा बढी प्राकृतिक र सांस्कृतिक, ऐतिहासिक र धार्मिक स्थलहरूलाई पहिचान गरी ‘पर्यटन पदमार्ग’ को रूपमा प्रवद्र्धन गर्ने, लामी ताल, नायल ताललाई विशेष पर्यटकीय स्थल बनाइने, स्थानीय थारु संस्कृति र अन्य जातजातिका ऐतिहासिक गौरवलाई कल्चर टुरिज्म मार्फत विश्वमा चिनाउने योजना बाचा पत्रमा राखिएका छन् ।
यस्तै कृषि अन्तरगत कैलाली क्षेत्र नम्बर ४ का निर्वाहमुखी तथा व्यवसायी किसानहरूको उत्पादन वृद्धि गर्नका निमित्त अनुदान प्रणालीलाई उत्पादनमुखी बनाउँदै राष्ट्रिय उत्पादन सँग जोडी कुल गृहस्थ उत्पादन वृद्धि गर्ने, हाल सम्म निर्माणाधीन अवस्थामा रहेका कोल्ड चेम्बर तथा स्टोरहरूलाई नीतिगत रूपमै सम्पन्न गर्न र सञ्चालनमा ल्याउन उच्च पहल गर्ने, सुदूरपश्चिमको अत्तरिया स्थित मुख्य कृषि बजारलाई अत्याधुनिक र प्रविधि सहित चुरे, गौरीगंगा र मोहान्यालका किसानको उत्पादनलाई बजारीकरण गर्न, निर्यात र ब्रान्ड बनाई नीतिगत रूपमै तहगत समन्वय गरी विकास गर्ने, किसानका लागि आवश्यक पर्ने रासायनिक तथा प्राङ्गारिक मल र उन्नत जातको बीउ समयमै उपलब्ध गराउने सुनिश्चितताका लागि संघीय तहमा नीतिगत पहल गर्ने, छाडा पशु चौपाया हरूलाई सुरक्षित गर्न स्पष्ट कानुनी व्यवस्था तयार गरी आय–आर्जनको स्रोत बनाउन पहल गर्ने लगायतका योजना रहेका छन् ।
वन तथा चुरे संरक्षण र पर्यावरण संरक्षणका लागि चुरे क्षेत्रको अनियन्त्रित दोहन रोक्न कडा कानुनी नीति निर्माणको पहल गर्ने, वृक्षारोपण, वन व्यवस्थापन र स्थानीय स्वामित्वमा आधारित संरक्षण कार्यक्रमको पहल गर्ने, मोहना, गोदावरी, खुटिया, शिवगंगा, गौरीगंगा, लिकमा, ठुलीगाऊ लगायतका नदीहरूलाई वैज्ञानिक प्रणाली सहित व्यवस्थापन गर्न मातहतका पालिकाहरू सँग समन्वय गर्ने, नदी तटीय क्षेत्रमा स्थायी तटबन्ध, हरित कोरिडोर, पुनर्वास र चेतना कार्यक्रम सञ्चालन गर्न पहल गर्ने योजना समावेश छन् । चुरेको फेदीमा रहेका बस्तीहरूलाई बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन जलाधार संरक्षण र तटबन्धनका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना बाचा पत्रमा उल्लेख छन् ।
धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि गोदावरी, गौरीगंगा र अत्तरियामा धार्मिक पर्यटन मार्गको विकास गर्न धार्मिक स्थलहरूको संरक्षण र प्रचार दीर्घकालीन योजना सहित कार्यान्वयन गर्न पहल गर्ने, गोदावरी धाम क्षेत्रलाई देव भूमि सुदूरपश्चिमका मुख्य शक्ति पीठ हरूको दर्शन गर्ने अन्तर्राष्ट्रिय स्तरको “प्रवेश धाम“ को रूपमा स्थापित गर्न पहल गर्ने, गोदावरी धाम एक समितिमा राखी र धार्मिक वनलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय र आध्यात्मिक गन्तव्यको रूपमा विकास गर्ने योजनामा प्राथमिकता दिइने उल्लेख छ ।
युवा केन्द्रित राष्ट्रिय कार्यक्रम अन्तरगत जेनजी तथा युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा अग्रस्थानमा राख्ने, डिजिटल सेवा, ई गभरमेन्टको विकास गर्ने, नयाँ विचार, प्रविधि र नवउद्यममा लगानी प्रोत्साहन गर्ने उल्लेख छ ।व्यापार तथा व्यवसाय अन्तरगत खाद्यवस्तुको गुणस्तर कायम गर्न नीतिगत पहल गर्ने, करको दायरालाई व्यवसाय अनुसार सुनिश्चित गरी कर लाई चुस्त बनाउन एक द्वार प्रणाली लागु गर्न कानुनी व्यवस्था गर्ने उल्लेख छ । सामाजिक न्याय तथा समावेशिता अन्तरगत दलित, थारु, जनजाति, महिला र सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न नीतिगत पहल गर्ने उल्लेख छ ।
सुशासन र पारदर्शिताका लागि “जनताको करको पैसा जनतामै खर्च हुने“ सुनिश्चितता गरिने, वडा, पालिकहरुमा र कार्यालयहरूमा सबै योजना, खर्च र परिणामको अनलाइन सार्वजनिक प्रतिवेदन प्रणाली विकास गर्न पहल गर्ने योजना अघि सारिएको छ ।
यस्तै नागरिक सहभागिता, नैतिक राजनीति र जबाफदेहिता, खेलकुदको विकासका लागि गोदावरी, गौरीगंगा चुरे र मोहान्याल भित्र रहेका सम्भावना बोकेका खेलाडीलाई निःशुल्क आवास सहितको प्रभावकारी खेलकुद विद्यालय स्थापना, विस्तारका लागि पहल गर्ने योजना समेटिएका छन् । यस्तै सुदूरपश्चिम विकास मोडल तयार गर्न सुदूरपश्चिमका निर्वाचित संघिय संसदहरु र प्रदेश संसदहरुको सयंत्र बनाइ सुदूरपश्चिमको साझा सरोकारका विषयमा एक बनाउने उल्लेख छ ।


