धनगढी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार नर नारायण शाह ‘मनु’ यतिबेला चुनावी गतिविधिलाई तीव्रता दिँदै घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । गाउँ–टोल, बस्ती तथा बजार क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्रको समग्र विकासका लागि सबैको साथ र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
घरदैलो अभियानका क्रममा उनले “हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छ” भन्ने मूल सन्देश दिँदै विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस क्षेत्रका हरेक समस्या, सम्भावना र आवश्यकताबारे आफू जानकार रहेको उल्लेख गर्दै योजनाबद्ध ढंगले काम गर्ने बताए ।
यसै क्रममा उनले आफ्नो ठाउँको विकास बाहिरबाट आएको व्यक्तिले प्रभावकारी रूपमा गर्न नसक्ने धारणा राख्दै भने, “यो ठाउँको भूगोल, यहाँका समस्या, यहाँको आवश्यकता बुझेको मान्छेले मात्रै वास्तविक विकास गर्न सक्छ ।” उनले अगाडी थपे, “बाहिरबाट आएको मान्छेले यहाँको सम्ंवेदना र आवश्यकतालाई त्यति गहिरो गरी बुझ्न सक्दैन । त्यसैले सक्षम, योग्य र आफ्नो ठाउँ बुझेको उम्मेदवार छानेर मत दिन सबै मतदातालाई आग्रह गर्दछु ।”
छलफलमा कैलाली क्षेत्र नम्बर ५ का मतदाताहरूले सडक स्तरोन्नति, सिँचाई व्यवस्था, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार लगायतका विषयलाई मुख्य मागका रूपमा अघि सारेका छन् । उनीहरूले क्षेत्रको आवश्यकता र जनभावनालाई बुझेर कार्यक्रम ल्याउन मनुलाई सुझाव दिएका छन् ।
मनुले मतदाताबाट आएका सुझाव र मागलाई आफ्नो कार्ययोजनामा समेट्ने बताउँदै जनताको विश्वास र साथ पाएमा समग्र क्षेत्रको मुहार फेर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले सबै दल, समुदाय र वर्गलाई समेटेर सहकार्यका साथ कैलाली क्षेत्र नम्बर ५ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारे ।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ भने विकास र समृद्धिको साझा अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने सन्देश व्यापक रूपमा उठिरहेको छ ।
हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छः नर नारायण शाह मनु
हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छः नर नारायण शाह मनु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

