धनगढी: भदौ २३–२४ मा भएकोजेनजी आन्दोलनले सडकबाट गम्भीर प्रश्नहरू उठाएको थियो। यो आन्दोलन कुनै राजनीतिक दलको नभई, अन्याय र बेथितिविरुद्ध स्वस्फूर्त रूपमा उठेको युवाको आवाज थियो। युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, पूर्ण वाक् स्वतन्त्रता तथा सुशासनको माग गर्दै उठाएका आवाजहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गरेन। सडकमा व्यक्त भएका ती सवालहरू नसुनिँदा आन्दोलनलाई बल प्रयोग गरेर दबाउने प्रयास गरियो।आन्दोलनका क्रममा लाठीचार्ज र अश्रुग्यास प्रहार गरियो, हजारौं नागरिक पक्राउ परे, कैयौं घाइते भए र केहीले ज्यानसमेत गुमाए। यसले समाजमा लोकतन्त्रप्रति डर र त्रासको वातावरण सिर्जना गर्योह। यही डर, असुरक्षा र अराजकताले देशलाई नयाँ नेतृत्वको आवश्यकताबोध गरायो।जेनजी आन्दोलनले यथास्थितिमा देश अगाडि बढ्न नसक्ने स्पष्ट सन्देश दिएको थियो। यही जनभावनालाई आत्मसात् गर्दै प्रायः सबै राजनीतिक दलहरू सहमतिमा आइ देशले खोजेको पुस्तान्तरणलाई विधि र प्रक्रियामार्फत् निर्वाचन अभ्यासद्वारा अघि बढाउने दिशामा उन्मुख भए।
माघ ६ गतेदेखि उम्मेदवारी दर्ता सुरु भएसँगै मुलुक चुनावमय बनेको छ। उम्मेदवार र मतदाताबीच उत्साहको माहोल देखिएको छ भने चुनावी परिणाम कस्तो आउने हो भन्ने चासो पनि बढ्दो छ। कतिपय उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय रूपमा उत्रिसकेका छन्।टिकट वितरणको क्रममा केही दिनअघिसम्म विभिन्न दलहरूभित्र तनाव, एकताका प्रयास र आन्तरिक संघर्षका रोचक दृश्यहरू देखिए। सधैंझैं यसपटक पनि चुनावी टिकटसँगै ‘नयाँ’ र ‘नयाँपन’ का नाममा देखिएका नाटकीय दृश्यहरूले राजनीतिक वातावरणलाई थप चासोपूर्ण बनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ को चुनावी माहोल निकै तातिएको छ । कैलालीमा नेपाली काङ्ग्रेसको उम्मेदवार विजय स्वार , एमालॆको तर्फ बाट सुर्य बहादुर थापा , ताराको तर्फ बाट नन्द बहादुर साउद ,नागरिक उन्मुक्ति पार्टीका तर्फ बाट पतिराम चौधरी, प्रलोपा डम्बर रावल, स्वतन्त्र तर्फ बाटदिपक रावल र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केपी खनाल पनि उम्मेदवार भएका ले यहाँको नतिजा कसको पोल्टामा पर्ला भन्ने कौतूहलता उत्पन्न भएको छ ।
कैलालीको राजनीतिमा सधै चर्चामा रहने क्षेत्र नम्बर २ मा पनि पुराना दलसँगै अनुभवी र नयाँ दलका उम्मेदवार छन् । यसले चुनावलाई थप रोमाञ्चक बनाएको छ । परम्परागत दलका प्रभावशाली नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलका उम्मेदवारबाट डर छ भने नयाँलाई पुराना र अनुभवी नेताबाट पछि परिने हो कि भने त्रास छ। यस क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान तानिएको निर्वाचन क्षेत्रमध्ये एक हो किनकी बालेनका एक बिस्वासी पात्र केपी खनाल रहेको हुँदा यसलाई पनि अहम भूभिकामा हेरेरको छ। यँहाको आम जनलहरले पनि पुरानो पार्टीलाई त्रास बाताबरण रहेको छ।
क्षेत्र नं। २ मा १ लाख ७ हजार ७सय५७ मतदाता रहेको तथ्याङ्क छ। कैलाली क्षेत्र नं। २ ९प्रतिनिधिसभा निर्वाचन २०८२० का लागि निर्वाचन आयोगले मतदान स्थल ५१ वटा र मतदान केन्द्रको १२४ वटा निर्धारण गरेको छ।यस लम्कीचुहा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्गसग जोडिएको एक नगरपालिका हो । लम्कीचुहा नगरपालिका १३ कि।मि।पूर्वमा रहेको कर्णाली नदीसग जोडिएको छ । यसको उत्तर तर्फ मोहन्याल गाउँपालिका, पश्चिममा बर्दगोरिया गाउँपालिका र दक्षिणमा जानकी गाउँपालिका पर्दछ । लम्कीचुहा नगरपालिका १ देखि १० वटा वडा समावेश गरिएको छ। यस नगरपालिकाको कुल जनसंख्या ९० हजार ९ सय ७१ रहेको छ जसमध्ये पुरुषको संख्या ४२ हजार ४ सय ४१ र महिलाको संख्या ४८ हजार ५ सय ३० रहेको छ । जानकी गाउँपालिका कुल जनसंख्या वडा २, ५, ८ र ९ जनसंख्या २२हजार ८ सय ७६ रहेको छ जसमध्ये पुरुषको संख्या १०हजार ५ सय ३८ र महिलाको संख्या १२ हजार ३ सय ३७ , मोहन्याल गाउँपालिका कुल जनसंख्या वडा १, ४ जनसंख्या ३हजार ८ सय ४९ रहेको छ जसमध्ये पुरुषको संख्या १हजार ९ सय ४८ र महिलाको संख्या १ हजार ९ सय ०१ र बर्दगोरिया गाउँपालिका कुल जनसंख्या वडा १ देखि ६ सम्म ३७ हजार ६ सय ८२ रहेको छ जसमध्ये पुरुषको संख्या १७ हजार ७ सय ७४ र महिलाको संख्या १९ हजार ९ सय ०८ रहेको छ।
नेपाली कांग्रेसले हरेक निर्वाचनमा बागी उम्मेदवार र अन्तर्घातको समस्या बेहोर्दै आएको छ। यसपटक भने अघिल्ला निर्वाचनजस्तो खुला रूपमा बागी उम्मेदवारको प्रतिनिधित्व नदेखिए पनि स्वतन्त्र उम्मेदवारी दिएका केहीले पछि उम्मेदवारी फिर्ता लिएका थिए।तर विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गरिएको आरोपसहित कांग्रेसभित्र ठूलो असन्तोष रहेको कांग्रेस क्षेत्र नम्बर २ का एक नेताले बताएका छन्। सुदूरपश्चिम शेरबहादुर देउवाको बलियो पकड क्षेत्र मानिए पनि कार्यकर्ता र केही नेताहरूमा ठूलो मात्रामा असन्तोष रहेको उनले बताए।विशेषगरी पुरानो संस्थापन पक्षका नेताहरूमा गहिरो असन्तुष्टि रहेको उनको दाबी छ। “यो असन्तोष पोखिने भनेको चुनावको मुखमै हो,” ती नेताले भने, “आफ्नै नजिककाले पनि यही बेला च्याखे थापिहाल्छन्।”यस असन्तोषका कारण पहाडी मत कांग्रेसतर्फ भन्दा थारु समुदायका उम्मेदवारतर्फ जाने सम्भावना रहेको बताइन्छ। हाल थारु समुदायबाट एक जना मात्र उम्मेदवार मैदानमा छन्। गत वर्षको निर्वाचनलाई हेर्ने हो भने पनि यस्तै परिस्थितिमा अरुणले जित हासिल गरेका थिए, जसले यसपटक पनि मत परिणाम फरक दिशामा जान सक्ने संकेत देखिएको छ।
अघिल्लो निर्वाचनमा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अहिले यस क्षेत्रमा दोस्रो स्थानमा रहेको र संगठन विस्तारमा सक्रिय देखिन्छ। तर अपेक्षित रूपमा जुन तहको संगठनात्मक निर्माण हुनुपर्ने थियो, त्यो अझै हुन सकेको छैन। समुदायस्तरका जनसंगठनहरू समेत त्यति बलियो देखिँदैनन्।टिकट वितरणको विषयमा असन्तुष्टि देखिएको छ। जसले टिकट पाएनन्, उनीहरू बाह्य रूपमा सहयोग गर्ने जस्तो देखिए पनि भित्री रूपमा वडा तथा पालिका तहका नेताहरू सक्रिय सहयोग गर्न इच्छुक देखिँदैनन्। यसले पार्टीको भित्री संगठनलाई कमजोर बनाएको छ।हाल रास्वपाप्रति युवाहरूको आकर्षण देखिए पनि आन्तरिक असमझदारीका कारण संगठनात्मक बल कमजोर हुँदै गएको विश्लेषण गरिएको छ। नयाँ दलहरूमा उत्साह त देखिन्छ, तर संस्थागत संरचनाको अभाव स्पष्ट छ। बलियो संस्थागत संरचना निर्माण गर्न सके मात्र यस्ता दलहरू दीर्घकालीन वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभिन सक्ने देखिन्छ।अहिले यस क्षेत्रमा राजनीति शक्ति सामाजिक सञ्जालको ‘फ्लो’ मा बढी निर्भर बनेको छ, जसले दीर्घकालीन संगठन निर्माणभन्दा अल्पकालीन प्रभावलाई प्राथमिकता दिएको देखिन्छ।
एमालेका नेता तथा क्षेत्र नम्बर २ का उम्मेदवार सूर्यबहादुर थापाले आगामी पाँच वर्षभित्र पाँच हजार जनालाई रोजगारी दिने लक्ष्य घोषणा गरेका छन्। स्वयं सफल व्यवसायी रहेका थापाले यसअघिदेखि नै युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको र हाल पनि ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको बताइन्छ। उनी ठूला–ठूला व्यवसायका मालिकसमेत हुन्।पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको दबदबा रहे पनि एमालेमा ठूलो असन्तुष्ट समूह रहेको बताइन्छ, जसले यस निर्वाचनलाई प्रतीक्षाको रूपमा हेरिरहेको छ। वर्तमान परिस्थितिमा एमालेले फेरि ‘स्थिरता र विकास’को नारा दोहोर्यााएको भए पनि मतदाताको स्मृतिमा अघिल्ला कलह र राजनीतिक अस्थिरता अझै ताजा रहेको देखिन्छ।स्थानीय नेताहरूका अनुसार पुराना दलहरूमा विचारको ताजापन हराइसकेको छ। “उनीहरू नीति निर्माणभन्दा पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्,” एक स्थानीय नेताले भने, “यही कारणले जनतामा असन्तोष बढ्दै गएको छ।”
स्वतन्त्र उम्मेदवार दिपकरावलले पछिल्लो समय समाजमा मन छुने काम गरिरहेका देखिन्छन्। उनले मिडियामार्फत समाजका दुःखी, गरिब तथा पीडितका समस्यामा आवाज उठाउँदै उनीहरूको घाउमा मलम लगाउने काम मात्र गरेका छैनन्, अन्याय र अत्याचारविरुद्ध पनि निरन्तर रूपमा आवाज बुलन्द गर्दै आएका छन्। यही कारण समाजमा उनको प्रभाव सकारात्मक र उल्लेखनीय देखिन थालेको छ।यस प्रभावका कारण रावलले यस निर्वाचनमा उल्लेख्य भोट काट्ने सम्भावना देखिएको विश्लेषण गरिएको छ। यस्तै तारा, प्रलोपा लगायत अन्य दल र उम्मेदवारहरूले पनि मत विभाजनमा उल्लेख्य भूमिका खेल्ने देखिन्छ, जसले समग्र चुनावी परिणामलाई थप रोचक बनाउने संकेत दिएको छ।
अरुण कुमार चौधरी नागरिक उन्मुक्ति पार्टीका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। सो क्षेत्रमा कुल १ लाख ७ हजार ७ सय ५७ मतदाता रहेकोमा ५६ हजार ७ सय १० मत खसेको थियो। उक्त निर्वाचनमा चौधरीले २१ हजार ८ सय ७१ मत प्राप्त गर्दै विजयी भएका थिए।यसपटक पनि नागरिक उन्मुक्ति पार्टीबाट पतिराम चौधरी उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। वर्तमान चुनावी संकेतहरूलाई हेर्दा यस क्षेत्रको मत पुनः नागरिक उन्मुक्ति पार्टीतर्फ ‘बारी पल्ला’ पर्न सक्ने अनुमान गरिएको छ।गत वर्ष पनि असन्तुष्ट पक्षहरु पनि थारुलाई मतदान गरेका थिए। पतिराम पनि आफैमा अब्बल उम्मेदार हुन् जुन थारु समुदायमा बलियो छाप रहेको छ। सामजिक र संघ सस्था साथै आफ्नै व्यवसाय रहेको छ। उनि सामाजिक रुपमा थारु र पहाडीमा राम्रो छाप रहेको छ। विशेषगरी चौधरी समुदायको मत एकलौटी रूपमा नागरिक उन्मुक्ति पार्टीतर्फ गएमा जितको सम्भावना थप बलियो देखिन्छ।त्यसैगरी, पहाडी समुदायका मतहरू विभिन्न दल र उम्मेदवारहरूबीच विभाजित हुने सम्भावना रहेकाले पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई लाभ पुग्ने विश्लेषण गरिएको छ। समग्रमा, मत विभाजनको अवस्थाले नागरिक उन्मुक्ति पार्टीलाई फेरि निर्णायक अवस्थामा पुर्या्उन सक्ने देखिन्छ।


