काठमाडौं: वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन भएको छ। आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको हृदयघातका कारण निधन भएको हो। अस्पताल स्रोतका अनुसार पारिवारिक सदस्य मुम्बई रहेकाले आएपछि मात्र आधिकारिक रुपमा घोषणा गर्ने तयारी छ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनी राते काइँला नामबाट समेत परिचित थिए।


