धनगढी । कञ्चनपुरमा प्रहरीले लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजे लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १३ बडैपुर स्थित झुपडीबाट १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २४ को प्रदीप लुहार सहित १० जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरू झुपडीको कोठा भित्र बसी लागू औषध सेवन तथा कारोबार गरी रहेको अवस्थामा फेला परेका थिए ।
उनीहरूको शरीर तथा झुपडी खानतलासी गर्दा ११।३७ ग्राम लागू औषध खैरो हेरोइन, ५ वटा प्रतिबन्धित क्याप्सुल र लागू औषधमा प्रयोग हुने अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।


