धनगढी । चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज धनगढी आइपुगेका छन्। आजै दिउँसो १ बजे अत्तरियास्थित रास्वपाको पार्टी कार्यालयमा संक्षिप्त भेटघाट कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि दिउँसो २.३० देखि ३.३० बजेसम्म धनगढी बजारमा आयोजित स्वागत तथा अभिवादन कार्यक्रममा शाह सहभागी हुने कार्यक्रम तय गरिएको छ।
कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३.३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्।


