धनगढी । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ ले उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ६ गते मंगलबार उम्मेदवारी मनोनयनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार ९आज० बिहान १० बजे श्रम संस्कृति पार्टीको मनोनयन दर्ताको लागि समय तोकिएको छ । साढे १० मा नेशनल रिपब्लिकन नेपाल, ११ बजे मितेरी पार्टी नेपाल, साढे ११ बजे नेपाल मजदुर किसान पार्टी, १२ बजे नेपाल कम्युनिष्ट पार्टी, साढे १२ बजे उज्यालो नेपाल पार्टी, १ बजे राष्ट्रिय जनमोर्चाका लागि समय निर्धारण गरिएको छ । यस्तै सवा १ बजे नागरिक उन्मुक्ति पार्टी नेपाल, साढे १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, २ बजे नेकपा एमाले, साढे २ बजे नेपाल मानवतावादी पार्टी, ३ बजे नेकपा माओवादी, साढे ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टी र ४ बजे नेपाली कांगे्रेसले मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले मनोनय दर्तालाई व्यवस्थित बनाउन समय तालिका प्रकासन गरिएको बताएका छन । उनले मनोनयन दर्ता बिहान १० देखि ५ बजे सम्म गर्न सकिने बताए ।

