धनगढी । कैलालीको गोदावरीबाट ठुलो परिणाममा लागू औषध सहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ २० ग्राम १३० मिलिग्राम खैरो हेरोइन सहित कञ्चनपुरको बेलडाडी गाउँपालिका – ३ का ४५ वर्षीय हरि प्रसाद चौधरी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक रण बहादुर चन्दको कमान्डमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट समेत खटीएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका १ मनहराबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर राज पन्तले बताएका छन् ।

