धनगढी: राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । बिहीबार बिहान १ बजेको आसपासमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकलमा चढेर उनी विराटनगर– ४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । २७ वर्षीय थापा विराटनगर महानगरपालिका– ५ का हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भएको जानकारी दिए । थापाको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको जनाइएको छ ।

