धनगढी । कैलालीको अत्तरियाबाट साढे ७ किलो चरेस सहित ४ जना पक्राउ परेका छन् । शुक्रवार साँझ गोदावरी नगरपालिका – २ अत्तरिया स्थित नमस्ते अन्नपूर्ण होटेलबाट साढे ७ किलो चरेस बरामद गरिएको हो ।
चरेस सहित पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा ७ बस्ने २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा ५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा ३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली २ बस्ने ५० वर्षीय रूप सिंह सितोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रण बहादुर चन्दले बताएका छन् । उनीहरूको साथबाट चरेस सहित डिजिटल तराजु पनि पक्राउ गरिएको उनले बताए ।
चरेस बरामद गर्न डिएसपी रणबहादुर चन्दको नेतृत्वमा अपरेसन टोली खटिएको थियो । उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साढे ७ किलो चरेस सहित अत्तरियाबाट ४ जना पक्राउ
साढे ७ किलो चरेस सहित अत्तरियाबाट ४ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

