धनगढी । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक ९डीआईजी० बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो। यसअघिको बढुवामा भने उनी छुटेका थिए।
बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो।
अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो।


