धनगढी: धनगढीस्थित एरिस्टो इंगलिस स्कुलका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय अविदान श्रेष्ठ आज बिहानदेखि बेपत्ता भएका छन् । बिहान करिब ९ बजेतिर अदालत रोडमा रहेको फुपुको घरबाट “स्कुल जान्छु” भन्दै स्कुल ड्रेसमै निस्किएका अविदान साँझसम्म घर नफर्केपछि परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार खोजतत्परता गर्दा अविदान स्कुल नै नपुगेको स्कुल प्रशासनले जनाएको छ । त्यसपछि सम्पर्कमा नआएपछि उनको अवस्था अझै अज्ञात बनेको हो।
अविदानलाई अन्तिम पटक स्कुल ड्रेसमा देखिएको बताइएको छ । उनीबारे कुनै जानकारी वा भेट हुने व्यक्तिले नजिकैको प्रहरी कार्यालयमा खबर गर्न वा ९८०१७०९२०८ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
परिवार, स्कुल प्रशासन र प्रहरी सबै पक्षले गम्भीर रूपमा खोजी कार्य जारी राखेको जनाइएको छ।


