धनगढी । कैलालीमा जलवायु परिवर्तनल, कृषी प्रणाली र कृषीमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भुमिका विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराब र एफएओको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सहभागीहरुले लक्षित कृषकलाई अनुदान दिईनु पर्ने, युवा लक्षित कृषीसंग सम्बन्धित कार्यक्रमहरु लागु हुनुपर्ने, युवाहरुलाई प्रोत्साहनका लागि सम्मान गरीनु पर्ने, कृषीलाई घृणा होईन सम्मानित पेशामा परिणत गर्ने खालका योजना कार्यक्रमहरु लागु हुनुपर्ने विचार राखेका थिए । साथै कृषकहरुलाई दिईने अनुदानका सामग्रीहरुलाई सजिलो तरिकाले पाउने खालका बनाउनु पर्ने, विमा योजनालाई अझै सबैको पहुँचमा पुग्ने खालका बनाईनु पर्ने, प्राकृतिक विपदले नोक्शानी गराएका बाली अन्नको पनि सहज तवरले राहत वा सहयोग दिइनुपर्ने सहभागिहरुले छलफलको क्रममा बताएका थिए।
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषी प्रसारक अधिकृत टेक विष्टले पछिल्लो समयमा कृषीमा युवाहरुले गर्दा नै राम्रो प्रतिफल आएको बताए । राज्यले पछिल्लो समयमा यान्त्रिकरणमा लगानी गरेसंगै युवाहरुको पनि आर्कषण कृषीमा बढेर अहिले किवी, ड्रयागन खेती, केरा खेती, मासु उत्पादनलगायतको क्षेत्रमा राम्रो प्रगती भएको पाइएको बताए ।
विषेश गरेर सुदूरपश्चिमका पहाडी जिल्लामा तरकारी खेतीमा उल्लेखनिय प्रगती देखिएको र उताबाट तरकारीहरु तराँइमा पनि पुग्ने गरेको समाचारले युवा कृषकहरुलाई उत्साहित बनाउने उनको भनाई छ । यसैगरी, पुष्पखेती किसान कैलालीकी शुसिला विष्टले आफुसहित अन्य थुप्रै युवाहरुले अहिले पुष्प खेतीमा अअर्कषण बढेको र आम्दानी पनि राम्रै गर्न सफल भएको बताइन् । कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मीले युवाहरुलाइ आर्कषण गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याएको बताए । साथै उनले कृषी अध्ययन गरेका युवाहरु विदेशबाट कृषी सिकेर आएका युवाहरुलाई सहुलियत दिनेगरी सबै जिल्लामा लागु भएको छ भने ,कृषी पढेका ध्ययन गरेका युवाहरुलाई ८८ वटा स्थानीय तहमा कृषी एवम पशुपंक्षी क्षेत्रमा १७६ जनालाई करारमा पकेट क्षेत्रमा काम गर्न राखेको र जिल्लामा युवा लक्षित मौरी पालन, कुखुरा पालन, बाख्रा पालन, फलफुल, तरकारीमा समेटने योजना रहेको बताए ।
यस्तै, भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका सुचना अधिकृत राजकुमार झाले युवाहरुलाई कृषी पेशामा आवद्ध गर्नका लागि उनिहरुलाई विभिन्न योजना ल्याएर व्यवसायीकरुपमा लाग्नेहरुलाई कृषी कर्जामा अनुदान दिने स्टार्टअप योजनाहरु ल्याएर काम भईरहेको बताए । तत्कालै फल दिने काम नभएको केही समय रोक्नुपर्ने भएकाले युवा स्जरोजगार कार्यक्रमहरु पनि रहेको र युवाहरुलाई कृषीमा आवद्ध भएर विदेशमा पनि कृषी संग रहेका सिपहरु सिकेर आफनो देशमा लाग्नु पर्ने उनको भनाई छ ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले अनुदानमा निकै झन्झट व्यवस्थाले गर्दा खास किसानहरु भन्दा पनि अरुले अुदान पाउनु पर्ने किसानको अनुदानमा पहुँच नहुने बताए । सकारात्मक विषयवस्तुलाई समेटेर समाचार कथा बनाएर अरुलाई पनि प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा सुदूरपश्चिममा विभिन्न सञ्चारमाध्यममा रहेर कार्यरत पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, अकोराब र एफएओका प्रतिनिधि, युवा तथा कृषकहरुको सहभागिता रहेको थियो। अकोराबका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्दप्रशाद देवकोटा, केन्द्रिय कोषाध्यक्ष तुला अधिकारी, महासचिव भक्त स्याङतान, प्रदेश अध्यक्ष वेदप्रशाद तिमिल्सीना लगायतको उपश्थिती रहेको थियो ।

