बाजुरा: बाजुराको हिमाली गाउँपालिका –६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आएका छन् । यहाँका सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आएका हुन् । पहिलादेखि गाउँमै बस्ने र भैसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आएका हुन् । उनि कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै गएका छैनन् ।
उनले गाउँमै भैसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गद्र्र्रै आएपछि अहिले मासिक तीस हजार आम्दानी गरेका हुन् । यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाए । अहिले उनको छोरा गाउँकै भवानी माविमा पढाउछन्। गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्खामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका –६ धिमका विन्दराज पाण्डेले बताए । उनले भने, “अहिले मैले घरमा सधैं दुई भैसी पाल्ने गर्छु । एक दुनु भए अर्को वियाउने हुन्छ । यसलेगर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन । यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रोसँग पढाएको छु ।”
अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ । रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रोसँग चलेको पाण्डेले बताए । गाउँमा राम्रो भैसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौं । ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।गोरखापत्रबाट


