मिनराज बडु: प्रिय कांग्रेस, एमाले, माओवादी, समाजवादी लगायत सम्पूर्ण गणतान्त्रिक एवम् देशभक्त शक्तिका राजनीतिक मित्रहरू,
आज हामी अहिले एउटा संकटको निर्णायक मोडमा उभिएका छौं।
अस्ति जेन-जी को नाममा भएको विध्वंसकारी घटना केवल सडकको आक्रोश मात्र थिएन—त्यो दशकौँदेखि संचित अन्याय, नातावाद, चाकरीवाद हाम्रो अकर्मण्यता र भ्रष्टाचारविरुद्धको विस्फोट थियो। तर दुर्भाग्य, त्यो आन्दोलनको शुद्ध ऊर्जा, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले उपयोग गरेर देशलाई अस्थिरता, अराजकता र विध्वंसतिर धकेले देशलाई दशकौं पछाडि धकेली सके ।
यसैको पृष्ठभूमिमा,पछिल्ला १६ महिनामा सरकारको कार्यशैली पनि त्यही विध्वंसको प्रमुख कारण बन्न पुग्यो।
हाम्रो अकर्मण्यता एवम् दास मानसिकता र गठबन्धन नेतृत्वको अयोग्यता ले राज्य संयन्त्र नै पंगु बनायो।
स्वदेशी माफिया तथा दलाल शक्तिको छायामा चल्ने निर्णयहरूले सरकार अलोकतान्त्रिक मात्र भएन। आज हाम्रो स्वाधीनतालाई नै खोक्रो बनायो । अतुलनीय क्षतिसंगै हामी इतिहासकै गम्भीर संकटमा उभ्याएको छौं। जनताको निजि सम्पत्ति राष्ट्रिय सम्पत्ति र हाम्रा पुरातत्त्वका धरोहरहरू पुर्ण ध्वस्त भइसकेका छन ।
यो सब जेन-जी पुस्ताको नाममा आरोपित हुदैछ । तर सत्य के हो भने—देशलाई विध्वंसको बाटोमा लैजानेहरूले आज जेन जी को बहाना बनाएका छन । यसको प्रमुख कारण हाम्रो नेतृत्वको अहंकार प्रशासनको कुशासन विकृति भ्रष्टाचार र हाम्रो दास मानसिकको अकर्मण्यता र सरकार प्रमुखको अदुरदृष्टी मात्र होइन नेतृत्व प्रतिको हाम्रो चाकरी पनि मुख्य कारण हुन।
अब सम्पत्ति ध्वस्त भैसकेको छ। देशीविदेशी प्रतिक्रियावादी शक्तिको चलखेल दिनको दुई गुणा रातको चौ गुणा ले चलखेल हुदै छ । नेपाली जनताको सार्बभौमसत्ता र महान सहिदको रगत पसिना बाट संचित संविधान र व्यवस्था नै खतरा पर्दै छ ।तसर्थ अब हामी ढिलो नगरी हाम्रो पुस्ता कुनै वाद–प्रतिवाद, विचारधारा वा दलगत बन्धनमा अड्किने होइन एउटा शशक्त अभियान शुरु गर्नु विकल्प छैन। हाम्रो बाउ पुस्ताले आर्ज्येको देश र व्यवस्थाको रक्षा गर्न निश्चित समय लागि भएपनि आ( आफ्ना बिचार त्यागौं। संवैधानिक बाटो बाट निकास दिन व्यवस्थाको रक्षा गर्न आजैदेखि अभियान शुरु गरौं
आज हाम्रो एउटै वाद हो स् राष्ट्रिय सार्बभौमसत्ता बचाउने।
हाम्रो एउटै विचार हो स् भौगोलिक अखण्डता जोगाउने।
हाम्रो एउटै प्रतिबद्धता हो स् संविधानको रक्षा गर्ने र अधिकारलाई सर्वोच्चताको रक्षा गर्ने गर्ने ।अब ढिलो नगरौं।
सहमति र सहकार्य मार्फत निकास दिन सबै शक्तिहरू एकजुट बनौं।
प्रतिक्रियावादी षड्यन्त्र, विदेशी हस्तक्षेपका विरुद्ध एक जुट हौ
युवाको बलिदानलाई व्यर्थ हुन नदिऊँ, राष्ट्रिय पुनर्निर्माणतर्फ अघि बढौं।
राष्ट्रको रक्षा र पुनर्निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न उठौं।
अब समय गुमाउने होइन, इतिहास र भविष्यको बीचमा निर्णायक निर्णय गर्ने घडी आएको छ।
जय गणतन्त्र
लेखक: मिनराज बडु


