धनगढी । उच्च अदालत दिपालय महेन्द्रनगरले चालु आर्थिक वर्षको अहिले सम्म ६६।८७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । इजलासले अहिलेसम्म ५ सय ४९ वटा मुद्दा फर्छ्यौट गरेको हो ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २१० वटा मुद्दासहित नयाँ दर्ता भएकाबाट तीन सय ३९ मुद्दासहित असारको १९ गतेसम्म ५४९ मुद्दा फर्छ्यौट भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इलसालका रजिष्ट्रार जनक सिंह बोहराले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दामा २१० वटा मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले जानकारी दिए । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार १९ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३३९ मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले बताए ।
रजिष्ट्रार बोहराका अनुसार फर्छ्यौट भएका मुद्दामा देवानी दुनियावादी मुद्दा १०४, फौजदारी दुनियावादी ५४, फौजदारी सरकारवादीसम्बन्धी मुद्दा ३४० वटा रहेका छन् ।
बोहराका अनुसार, ६ महिना भित्रको २३२, छदेखि १२ महिना भित्रको ३८ मुद्दा र १२ देखि १८ महिनासम्मको जिम्मेवारी सरिआएको दुई वटा मुद्दा गरी उच्च अदालतमा २७२ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।
उच्च अदालतले छिटोछरितो रूपमा न्याय सम्पादन गर्ने गरेको उल्लेख गर्दै उहाँले अदालतले आफ्नो काम कारवाहीलाई छिटो, छरितो र सहज बनाउनका लागि समुदाय र सेवाग्राहीसँग पनि छलफल गर्ने गरेको उहाँले बताए । उनका अनुसार, हालसम्म ६६।८७ प्रतिशत मुद्दा फर्छौट भएका छन् । उच्च अदालत दिपायल महेन्द्रनगरले असार मसान्तसम्म ६० मुद्दा फर्छ्यौट गरिसक्ने लक्ष्य पाएको छ । गोरखापत्र