कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी सहित ८ जना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूको साथबाट २३ हजार ८३५ नगद समेत बरामद गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।