धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताउनु भएको छ । विहिबार प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
ूतीन तहको सरकारले एकअर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको छू मुख्यमन्त्री शाहले भने, अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल वन्छ । बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई ,पटक पटक दोहोर्याउने हो, भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ, मुख्यमन्त्री शाहले भन्नुभयो सही रुपमा परिचालन हुने हिसबले बजेट निर्माण गर्नुपर्दछ । मुख्यमन्त्री शाहले एकसाताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। जीवन रानाले कार्यसूची प्रस्तुती सहित स्वागत मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिबहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तीन तहको सरकार विच अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक – मुख्यमन्त्री
तीन तहको सरकार विच अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक – मुख्यमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

