धनगढी । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली फागुपूर्णिमा०मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज धनगढीमा पनि होली पर्व लाई उत्साह पुर्वक मनाईएको हो ।


पश्चिम नेपालको कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ।



सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए। धनगढीमा होली पर्व लाई भब्य रुपमा मनाउँन विभिन्न क्षेत्रमा सांूकृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


