धनगढी । धनगढी बाट पत्रकारितामा सकृय पत्रकार भानुभक्त आचार्यले प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङ र प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले नगद १० हजार सहित पत्रकार आचार्यलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कार ग्रहण पछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पत्रकार आचार्यले कर्मको मूल्याङ्कन गरिदिएकोमा संस्था, सङ्गठन र काउन्सिल प्रति आभार प्रकट गरेका छन् । पत्रकार आचार्य ६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी राजनीति, समसामयिक र खोजमूलक रिपोर्टिङ्गमा दख्खल राख्ने पत्रकार आचार्य विभिन्न रास्ट्रीय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत छन ।


