धनगढीः कैलालीमा आज चार जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले अदालतबाट दोषी ठहर तर फरार भएका चार जनालाई पक्राउ गरेको हो।
लागुऔषध मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय विजयकुमार नेपाली, सोही मुद्दामा धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रज्वल न्यौपाने, चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र सोही मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २१ वर्षीय राज चौधरी भन्ने राजसिंह पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको प्रहरीले जनाएको छ।


