धनगढी: कैलालीको गोदावरीबाट लागू औषध सहित युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ८ बाट स्थानीय २६ वर्षीय सुरेन्द्र चौधरीलाई पक्राउ गरेको हो । बुधवार पक्राउ परेका उनको साथबाट ४७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै बुधवार नै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १२ शिमलघाट नजिकबाट लागू औषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखिमपुर खीरी, सुडाका ४५ वर्षीय छोटेलाल राना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको साथबाट ३ ग्राम ३७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ ।
लागू औषध सहित गोदावरीबाट युवक पक्राउ, धनगढीबाट भारतीय नागरिक समातिए
लागू औषध सहित गोदावरीबाट युवक पक्राउ, धनगढीबाट भारतीय नागरिक समातिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

