धनगढी कैलालीमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा १ लाख ७४ हजार ६५५ रुपैयाँ बराबरको अवैध सामान फेला पारी बरामद गरिएको हो िबुधबार धनगढी उपमहानगरपालिका-३ मिलन चोक, धनगढी-४ बसपार्क नजिक, धनगढी-७ बेली र गोदावरी नगरपालिका-५ गेटास्थित गेटा आँखा अस्पताल जाने बाटोको भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरेको प्रहरीले बताएको छ ।
प्याज, चिनी, दाल, कुर्ती, नमकिन, सुर्ती, बिडी, धोती, साडी, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुराको मासु, मोटरसाइकल एक थान लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।


