कञ्चनपुरः कञ्चनपुरमा २ जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका ६७ वर्षीय कृष्ण लुहार मृत फेला परेका छन्। लुहारको शवलाई सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिको प्रहरीले जनाएको छ। दुुबै शव बिहीवार फेला परेका हुन्।
कञ्चनपुरमा २ जना मृत फेला
कञ्चनपुरमा २ जना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

