दार्चुलाः दार्चुलामा वर्षाका कारण दुई घरमा क्षती पुगेको छ। जिल्लाको मार्मा गाउँपालिका–६ छिपाङका राजुसिँ डडालको गोठमा माथिबाट आएको पहिरोले क्षती पुगेको छ। ढुङ्गा माटोले बनेको एक तले एक कोठे गोठको भित्ता पहिरोले भत्किएर एक बाख्रा समेत मरेको छ। अन्य मानवीय क्षती भने केहि नभएको प्रहरीले जनाएको छ।
यस्तै नौगाड गाउँपालिका–२ चौरीगाउँका गोरख दोवालको घर जोखिममा परेको छ। घर अगाडिबाट पहिरो गएपछि घर जोखिममा परेको हो। मानिसहरुलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
दार्चुलामा वर्षाका कारण दुई घरमा क्षती
दार्चुलामा वर्षाका कारण दुई घरमा क्षती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

