धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–७ देवरीयामा से ६ प ६९९७ नम्बरको मोटरसाइकल र से ७ प ३९७९ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक विवेक राना र अर्का मोटरसाइकल चालक रामनारायण चौधरी घाइते भएका छन्। दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


