धनगढी :कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । शुक्रबार भजनी नगरपालिका – ३ धुसी बस्ने चन्द्र बहादुर पाण्डेका छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय धनगढी अनुसार घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रममा करेन्ट लागेपछि जनार्जन र उनलाई बचाउन गएका स्थानीय १८ वर्षीय पारश ठगुन्ना घाइते थिए । दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका लागि लगिएकोमा जनार्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घाईते पारशको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ ।
कैलालीमा करेन्ट लाग्दा १३ बर्षिय जनार्जनको मृत्यु, पारस घाइते
कैलालीमा करेन्ट लाग्दा १३ बर्षिय जनार्जनको मृत्यु, पारस घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

