धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद गरेको छ । बुधबार कैलालीको धनगढी, टीकापुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको हो । कैलालीबाट १ लाख ७४ हजार ३५० रुपैयाँ बराबरको बिडी, सुर्ती, आटा छान्ने छन्नी, स्टिलका कचौरा, टिफिन, फलामको कराही, स्टिलको खाना राख्ने हडकेश, प्लास्टिकका बिभिन्न सामान, लुगा धुने ब्रस,प्लाष्टिकका पानी खाने बोतल, प्लाष्टिकका बाटा, साबुन दानी, चुरा, डाबर तेल, लेडिज काटा, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरबाट ४३ हजार ५५२ रुपैयाँ बराबरको प्याज, चिनी, जिरा, धनिया लगायतका सामानहरु बरामद गरिएको प्रहरीको भनाइ छ ।