धनगढीः कैलालीको धनगढीमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय सुप्रिम राना करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एलनचोकमा तारतान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
रानाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर रहेको छ।