धनगढी : कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएका थिए। चट्याङ लागेर घाइते हुनुभएको चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, थप दुई जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीय रिता कठरिया र २३ वर्षीय सुस्मा डगौरा रहेका छन् । यसअघि आजै जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको समेत प्रहरीले जनाएको छ ।