धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सम्झौता भन्दा बढी घरभाडा भुक्तानी दिएको पाइएको छ । आर्थिक बर्ष २०७९/८० को महालेखा परिक्षकको प्रतिवेदन अनुसार धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ को घरभाडा भन्दा बढी रकम भुक्तानी गरेको पाइएको हो । धनगढी उपमहानगरपालिका र घरधनी शेर बहादुर शांकी बिच सम्झौता भए अनुसार वडा नम्बर ३ को कार्यालय सञ्चालन वाफतको घरभाडा मासिक ११ हजार र थप बिधुत महशुल दिने भनी सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार घरधनी शांकीलाई धनगढी उपमहानगरपालिकाले एक बर्षको भाडा कर कट्टी गरी १ लाख १८ हजार ८ सय र बिधुत महशुल २ सय गरी जम्मा १ लाख १९ हजार भुक्तानी गर्नुपर्नेमा उपमहानगरपालिकाले घरधनीलाई १ लाख ३८ हजा ६ सय भुक्तानी गरेको छ । सम्झौता भन्दा १९ हजार ६ सय रकम बढी भुक्तानी गरेको पाइएकोले घरधनी शेर बहादुर शांकीबाट सो रकम अशुल गनुपर्ने महालेखाले जनाएको छ ।


