धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले कर्मचारी भनाृमा मनपरी गरेको पाइएको छ । कम्प्युटर अपरेटर, सहायक कर्मचारी तथा सामाजिक परिचालकका नाममा धनगढी उपमहानगरपालिकाले करिब २ करोड बजेट सकेको हो । आर्थिक बर्ष २०७९/८० को महालेखा परिक्षकको प्रतिवेदन अनुसार उपमहानगरपालिकाले स्वीकृत दरबन्दी नभएको अवस्थामा पदाधिकार कायम गरि एक करोड ९३ लाख ६३ हजार भुक्तानी गरेको छ ।
उपमहानगरपालिकाले स्वीकृत दरबन्दी बिना कर्मचारी राखेर बजेट खर्च गरेको भेटिएपछि दरबन्दी स्वीकृत गरि सोहीअनुसार व्यवस्थापन गर्नुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले दिएको छ । प्रतिवेदनमा उपमहानगरपालिकाले २ जना लेखा अधिकृत छैटौँ, ३/३ जना कम्प्युटर अपरेटर, सहायक पाँचौ, १७ जना सामाजिक परिचालक, १० जना कार्यालय सहयोगी लगायत विभिन्न पदमा ५१ कर्मचारी भर्ना गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।