धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले ७ जनालाई दोहोरो सामाजिक शुरक्षा भत्ता बाँडेको पाइएको छ । महालेखा परिक्षकको आर्थिक बर्ष २०७९/८० को प्रतिवेदनमा उल्लेख भए अनुसार उपमहानगरपालिकाले ७ जनालाई दोहोरो सामाजिक शुरक्षा भत्ता बाँडेको हो ।
धनगढी उपमहानगरपालिका १२ का तेजराम राजीका नाममा ११ हजार ९ सय ७०, धनगढी २ की गितादेवी चौधरीका नाममा जम्मा २३ हजार ९ सय ४०, कलावती पन्तका नाममा २३ हजार ९ सय ४०, धनगढी ७ की तुलसी राना थारुका नाममा १९ हजार १ सय ५२, सोही ठाउँकी गुमनी रानाका नाममा ३६ हजार, कलावती राना थारुका नाममा ३६ हजार र वडा नम्बर ३ का गगां रानाका नाममा २४ हजार निकासा भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सो मध्ये जम्मा १ लाख ७५ हजार २ रुपयाँ अशुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
सामाजिक शुरक्षा भत्ता नियमावली २०७५ को नियम १३ मा दोहोरो सामाजिक शुरक्षा भत्ता वितरण गर्न नहुने तथा मृत्यु भइसकेका लाभग्राहीको बिवरण मुल अभिलेखबाट कट्टा गर्नुपर्ने ब्यवस्था छ । महालेखाको नमुना परिक्षणको क्रममा सो ७ जना ब्यक्तीहरुका नाममा १ लाख ७५ हजार २ रुपयाँ दोहोरो सामाजिक शुरक्षा भत्ता निकासा भएकाले सो रकम अशुल गर्नुपर्ने महालेखाले जनाएको छ ।