धनगढी : कैलालीको कैलारी गाउँपालिकाले खानाका नाममा १० लाख सकेको छ । आर्थिक बर्ष २०७९/८० को महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले खाना तथा खाजा शिर्षकमा १० लाख ६९ हजार ३ सय ५० रुपयाँ खर्च गरेको छ । खाना र खाजाका नाममा १० ला बढी खर्च गरेको पालिकाले सभा सञ्चालनका लागी भन्दै ५ लाख बढी सकेको छ ।
कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा सभा सञ्चालनका लागी भन्दै ५ लाख ९१ हजार २ सय ८५ रुपयाँ खर्च गरेको छ । खाना, खाजा र सभा सञ्चालनमा मात्रै गाउँपालिकाले १६ लाख ६० हजार ६ सय ३५ रुपयाँ खर्च गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ६२ लाख ९२ हजार ५१ रुपयाँ रहेका बेला खाना, खाजा लगायत बिविध बिर्षकमा मात्रै १६ लाख बढील खर्च गरेको छ । यो आन्तरिक आयको १० प्रतिशत भन्दा बढी खर्च हुन आउँछ । आन्तरिक आयलाई ध्यानै नदिई गाउँपालिकाले उपलब्धी बिहिन क्षेत्रमा खर्च गर्दा ध्यान दिनुपर्ने महालेखाले जनाएको छ ।
आर्थिक मितब्ययिता हुने गरी आगामी दिनमा खर्च गर्न महालेखाले गाउँपालिकालाई सुझाव दिएको छ । यता गाउँपालिकाले फजुल खर्च बढी गरेको भन्दै स्थानिय आक्रोसित छन् । पजनप्रतिनिधी आम नागरिकका जनजिविकाका सवालमा काम गर्नुभन्दा आफु केन्द्रित भएको आरोप लागेको छ ।


