धनगढी : कैलालीमा बिधुतको खपत बढेको छ । खपिनसक्नु गमी बढेसगैं बिधुतको खपत बढेको हो । सोही कारण लो भोल्टेज र बिधुत जाने समस्या बढ्दो छ । नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार बिधुतको खपत उच्च हुँदा तार र ट्रान्समिटरले धान्न नसकेर समस्या देखिने गरेको छ । विद्युतको माग बढ्दा तार र ट्रान्समिटरले लोड धान्न नसक्ने भएपछि विद्युत् आउने–जाने र पावर कम हुने समस्या देखिन थालेको छ। ट्रान्समिटर थप्ने र सुधार गर्ने काम भइरहेको छ। धनगढीमा मात्र गत वर्षको गर्मीयामको तुलनामा अहिले दैनिक पाँच मेगावाट विद्युत् खपत बढेको छ।
गत वर्षहरूमा धनगढीमा दैनिक १६ मेगावाट विद्युत् खपत हुने गरेकोमा यस वर्ष धेरै खपत भइरहेको बिधुत प्राधिकरणले जनाएको छ । बिहीबार ४५ दशमलव २ डिग्री सेल्सियस तापक्रम पुगेको टीकापुरमा शुक्रबार ४३ दशमलव १ र शनिबार ४१ दशमलव ६ मा झरेको छ।शनिबा र धनगढीमा ४० दशमलव ७, दिपायलमा ३९ दशमलव ४ डिग्री मापन भएको छ।


