धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। हिजो (शनिबार) साँझ धनगढी उपमहानगरपालिका–८ वुद्ध चोकका २६ वर्षीय नविन चौधरी २ ग्राम ५२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।
उनलाई २५ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।