धनगढी : कैलालीमा गयराती मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –५ डोकेबजार स्थित सडकमा से ४ प १४३० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–५ देउकलियाका ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते एक जनाको घोडाघोडी अस्पताल र एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।