धनगढी :धनगढी बसपार्कमा अलपत्र अवस्थामा भेटिकएको एक महिलाको उद्धार गरिएको छ । नेपाल स्वतन्त्र यातायात मजदुर सगंठनको टोलीले ति महिलालाई उद्धार गरी प्हरीको सहयोगमा दृष्टी फाउण्डेशनमा पठाइएको छ । बिगत करिब २० दिनदेखी बसपार्क क्षेत्रमै रहेकी ति महिलाको उद्धार गरी फाउण्डेशनमा पठाइएको नेपाल स्वतन्त्र यातायात मजदुर सगंठन सुदुरपश्चिमका अध्यक्ष ललित चन्दले बताए ।
करिब २० दिनदेखी ति महिला धनगढी बसपार्क क्षेत्रमा हुनुहुन्थ्यो अध्यक्ष चन्दले भने “हामीले उहाँको अवस्था बुझ्ना केही मानसिक सन्तुलन बिग्रिएको जस्तो लाग्यो, कति दिन उहाँ बाहिरै पेटीमा सुतेको अवस्थामा भेटिनुभयो त्यस कारण उहाँको उद्धार गरी प्रहरीको सहयाृगमा मानविय सेवामा समर्पित दृष्टी फाउण्डेशनमा पठाएका हौँ ।” उनले यस्ता बेसाहाराको साहारा बनेको दृष्टी फाउण्डेशन र अध्यक्ष कल्पना भट्टलाई धन्यवाद ब्यक्त गरे ।


