धनगढी । कञ्चनपुरमा ढुङ्गा प्रहारबाट एक पूर्व शिक्षकको मृत्यु भएको छ । ढुङ्गा प्रहारबाट जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ का ६३ वर्षीय लच्छी चन्दको मृत्यु भएको हो । चन्द महाकाली माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् ।
ईलाका प्रहरी कार्यालय बैलौरीका ईन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार बैतडी घर भई भारत हुदै हाल बेलौरी बस्दै आएका ३६ वर्षीय महेश भण्डारीको ढुङ्गा प्रहारबाट चन्दको मृत्यु भएको हो ।
बेलुका घर फर्कने क्रममा भण्डारीले चन्दलाई ढुङ्गा प्रहार गरेका थिए । भण्डारीले गरेको ढुङ्गा प्रहारपछि घाइते भएका चन्दलाई प्रहरीले उपचारका लागि बेलौरी पुगाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका उनलाई धनगढी रिफर गरिएको थियो । ढुङ्गा प्रहारबाट भण्डारीको मुख र टाउँकोमा गम्भीर चोट लागेको थियो । ‘खबर पाए लगत्तै हामी तुरुन्त घटनास्थल पुगेका थियौं’ प्रहरी निरीक्षक जैशीले भने, ‘गम्भीर घाइतेलाई उपचारका लागि बेलौरी पुगाएका थियौं । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । उहाँको धनगढीमा निधन भएको हो ।’
बजारदेखि घर जाने क्रममा बाटोमा रोकेर ढुङ्गा प्रहार भएको रहेछ । ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको निरीक्षक जैशीले बताए । शिक्षक चन्दलाई बाटोमा रोकि ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको बताउदै निरीक्षक जैशीले भने ९“घटना बारे थप अनुसन्धान भइरहेको छ,
बेलौरीमा ढुङ्गा प्रहारबाट पूर्व शिक्षकको मृत्यु
बेलौरीमा ढुङ्गा प्रहारबाट पूर्व शिक्षकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु